arrow

जाम्बियालाई ३५ लाख अमेरिकी डलर अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
zambia-flag.jpg

काठमाडौँ । चीनले जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गरेको छ । 

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा विश्वव्यापी विकास र दक्षिण सहयोग कोषमार्फत चीनद्वारा वित्त पोषित जाम्बिया खाद्य सहायता परियोजनाको उद्घाटन समारोह जाम्बियाको राजधानी लुसाकामा आयोजना गरिएको थियो । 

परियोजना अन्तर्गत चीनले जाम्बियालाई स्थानीय रूपमा लगभग पाँच हजार छ सय ४१ मेट्रिक टन मकै खरिद गर्न मद्दत गर्न ३५ लाख अमेरिकी डलर प्रदान गरेको थियो । 

दक्षिणी र पश्चिमी प्रान्तका सबैभन्दा खडेरी प्रभावित जिल्लाहरूमा एक लाख ८८ हजार ५७ लाभार्थी थिए । लगभग ३७ हजार घरपरिवारलाई तीन महिनामा अन्न वितरण गरिनेछ । 

जाम्बियाका एक सय १६ जिल्लामध्ये ८४ जिल्लामा लगभग ९९ लाख मानिस खडेरीबाट प्रभावित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ