arrow

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
chandra-dhakal-business-investment-2025.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरू मात्र देख्ने बताउनुभएको छ। अमेरिकाको टेक्ससमा शनिवार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उहाँले भन्नुभयो “नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बनाएको मात्र सुन्छु, तर मैले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन ।”

अध्यक्ष ढकालले नेपालमा अझै धेरै क्षेत्रहरू एक्स्प्लोर गर्न बाँकी रहेको प्रसङ्ग उनले गर्दै भने “यहाँ त हामीले केही गरेकै छैनौँ। जति धेरै एक्स्प्लोर गर्‍यो त्यति नै अवसरहरू भेटिन्छन्। ती अवसरहरूलाई सम्भव बनाउन हामी लाग्नुपर्ने अवस्था छ। त्यसैले प्रयास नै नगरी नेपालमा सम्भावना नै छैन भन्नु गलत हो।”

नेपालमा लगानीका लागि वातावरण नै नभएको भन्ने गरिए पनि त्यो सत्य नभएको भन्दै नेपालमा वैदेशिक लगानीका लागि अमेरिकामा रहेका लगानीकर्ताहरूलाई आग्रह गरे। 

उनले भने “नेपाल उद्योग वाणिज्य महासङ्घको पहल र अगुवाइमा लगानीमैत्री वातावरणका लागि आवश्यक कम्तीमा पनि ३० वटा कानुन संशोधन गरिएको छ। सरकारले निजी क्षेत्रकै संलग्नतामा गठित अर्थतन्त्रको सुधार सम्बन्धी उच्चस्तरीय आयोगले दिएका सुझावहरूको कार्यान्वयन सुरु गरिएको। पछिल्लो समय नेपालमा लगानीका सम्भावनाहरूको खोजी स्वदेश तथा विदेशी लगानीकर्ताहरूले गरिरहेको अवस्था छ। त्यसैले लगानीको वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्दछ।”

आफूहरूले नेपालमा लगानीको सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न र डोमेस्टिक पुँजी परिचालन गरेर पनि ठूला लगानीहरू गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि स्वदेशी व्यवसायी तथा गैरआवासी नेपालीहरूको समेत संलग्नतामा हालसालै १० अर्ब रुपैयाँको नेपाल डेभ्लप्मेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरेर काम नै सुरु गरिएको जानकारी दिए। 

नेपालमा हुने वैदेशिक लगानीलाई थप प्रवर्धन गर्न तथा लगानीका लागि आवश्यक पर्न सक्ने समस्याको सहजीकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले एफडिआइ हेल्प डेस्कको स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानीका लागि आग्रह गरे। 

यहाँले नेपालमा लगानीको वातावरण रहेको भनिरहँदा हालै भएको निजी क्षेत्रका व्यक्तिहरूका सार्वजनिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा समेत आक्रमण भएको सम्बन्धी एक प्रश्नमा उनले भने “निजी क्षेत्र जस्तो मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान तथा ८६ प्रतिशत रोजगारी दिएको क्षेत्रलाई यसरी हतोत्साहित हुने गरी भएको आक्रमणले राम्रो सन्देश नदिएको र यो एकदमै गलत काम भएको छ।”

अध्यक्ष ढकालले निजी क्षेत्र नै मुलुकको आर्थिक विकासको मुख्य इन्जिन हो भन्ने तथ्यलाई बिर्सिएर सामाजिक सञ्जाल एवं आम मानिसहरूमा व्यवसायीहरू भनेका नाफा मात्र कमाउने हुन् भन्ने जस्तो गलत भाष्य निर्माण गरिएकाले यस्तो गलत मानसिकतामा परिवर्तन जरुरी रहेको बताए। 

उनले भने “मुलुकको अर्थतन्त्रमा र प्रत्यक्ष रोजगारीमा यति धेरै योगदान गरिरहेको निजी क्षेत्रप्रतिको सोच र आम धारणा अत्यन्तै गलत छ। चाहे राजनीतिक दलहरू हुन्, सरकार एवं कर्मचारीतन्त्र तथा आम मानिसमा नै यो धारणामा परिवर्तन नितान्त जरुरी छ। यदि त्यसो हुन सकेन भने आगामी दिनमा यस्ता दुर्घटनाहरू नरोकिन पनि सक्छन्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ