arrow

क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुन: निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
pal-biya-cameroon-president.jpg

काठमाडौँ । क्यामरुनको राष्ट्रपतिमा ५३दशमलव६६ प्रतिशत मत प्राप्त गर्दै पल बिया आठौँ कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । 

देशको संवैधानिक परिषद्ले सोमबार यो घोषणा गरेको हो । क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेद्वार इस्सा त्चिरोमा बाकारीले ३५दशमलव१९ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गरे ।

८० लाखभन्दा बढी दर्ता भएका मतदाताहरूमध्ये ४६ लाखभन्दा बढीले मतदान गरेका थिए । जसले गर्दा मतदान दर ५७दशमलव७६ प्रतिशत पुगेको छ । जुन २०१८ मा ५३दशमलव८५ प्रतिशत र २०११ मा ६५दशमलव८२ प्रतिशत थियो ।

अन्तिम नतिजा घोषणा गर्दा संवैधानिक परिषद्का अध्यक्ष क्लेमेन्ट अटांगानाले चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताए ।

१९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बियाले क्यामरुन जनवादी आन्दोलनको नेतृत्व गर्दै आएका छन्।

उनी अब अर्को सात वर्षको कार्यकालका लागि देशमा शासन गर्ने तयारीमा छन् । 

स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार राजधानी याउन्डे र व्यावसायिक राजधानी डुआलामा सुरक्षा कडा पारिएको थियो । जहाँ आइतबार सुरक्षा बलले चार प्रदर्शनकारीलाई गोली हानी मारेको थियो । 

विपक्षी समर्थकहरू चुनावी धाँधली भनिएको विरोधमा सडकमा उत्रिएका थिए । संविधानअनुसार नवनिर्वाचित राष्ट्रपतिले नतिजाको आधिकारिक घोषणा भएको १५ दिन भित्र शपथ लिनुपर्छ । 

संसद, संवैधानिक परिषद् र सर्वोच्च अदालतका सदस्यको उपस्थितिमा क्यामरूनियन जनताको अगाडि शपथ ग्रहण समारोह हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ