arrow

स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
health-ministry.png
तस्बिर फाइल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबार परिसरभित्र सार्ने तयारी थालिएको छ। रामशाहपथस्थित भवन आगलागीबाट ध्वस्त भएपछि मन्त्रालयलाई सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा सार्न लागिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवनहरू अस्थायी रूपमा बनाइँदै गरेको जानकारी दिए। उनले भने, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन बन्दैछ। बाँकी खाली रहेको भवनमा रङ लगाएर कार्पेटिङ गरेर बस्ने योजना छ।”

प्रवक्ता बुढाथोकीका अनुसार, दुई हप्ताभित्र संरचना तयार गरी मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको छ र मङ्सिर १ गतेदेखि सम्भवतः मन्त्रालय सरिसक्नेछ।

मन्त्रालयको स्थायी संरचनाका विषयमा पनि छलफल भइरहेको छ। प्रवक्ता बुढाथोकीले भने, “सिंहदरबारभित्र रहेको नयाँ संसद् भवन बनेपछि अहिलेको संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा पायौँ भने त्यहाँ सर्छौं। त्यसका लागि पनि छलफल भइरहेको छ।”

स्मरण रहोस्, भदौ २४ गते जेनजी आन्दोलनको आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो। हाल मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट मन्त्रालयको काम भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ