arrow

पहिरोका कारण आवागमन रोकियो

कान्तिलोकपथ र कुलेखानी–दक्षिणकाली सडक अवरुद्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
kanti-rajmarja.jpg
तस्बिर फाइल

बागमती। अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई महत्त्वपूर्ण सडकहरू कान्तिलोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अवरुद्ध भएका छन्।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखास्थित सडकमा ढुङ्गा खसेका कारण यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले ढुङ्गा पन्छाएर सडक सञ्चालन गराउनका लागि डोजर र जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन्।

त्यसैगरी, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक पनि शनिबार साँझदेखि अवरुद्ध रहेको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खसेका कारण सो सडकमा आवातजावत रोकिएको हो।

प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको छ।

प्रहरीले सडक सञ्चालन गराउन समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ