arrow

‘मोन्था’ चक्रवातको प्रभावले बढ्यो कुलेखानी जलाशयमा पानीको सतह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
hetauda-makawanpur-kulekhani-dam-2081-floods.jpg

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण विगत तीन दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ।

असोज १७ र १८ गतेको अविरल वर्षाले १५१२ मिटर पुगेको जलाशयको सतह कार्तिक १४ र १५ गते (शुक्रवार र शनिबार) भएको पछिल्लो वर्षाले अझ सामान्य बढाएको छ। सशस्त्र प्रहरी बल, सिमखोलाका प्रहरी निरीक्षक अमृत थापाले दिएको तथ्याङ्क अनुसार, शनिबार साँझ ५ बजेसम्म कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय १६ दशमलव १२ मिटर पुगेको छ।

चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा भएको वर्षाका कारण जलाशयमा पानीको सतह बढेको हो। कुलेखानी जलाशयमा अधिकतम १ हजार ५ सय ३० मिटर सम्म पानी सङ्कलन गर्न सकिन्छ। यस जलाशयको पानी प्रयोग गरी नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका कुलेखानी प्रथम (६० मेगावाट), द्वितीय (३२ मेगावाट) र तृतीय (१४ मेगावाट) जलविद्युत आयोजनाबाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ