arrow

गुल्मीमा छोराद्वारा बाबुको हत्या, आमा गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
nepal-police12.jpg

गुल्मी। गुल्मीको मालिका गाउँपालिकामा छोराले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेका छन् भने आमा गम्भीर घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले दिएको जानकारी अनुसार, मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय बाबु धनबहादुर विकको हत्या गरेका हुन्। धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो।

भोटबहादुरले ४९ वर्षीया आमा दिलमाया विकलाई समेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्। टाउकोमा गम्भीर चोट लागेकी दिलमायालाई गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगी घटनामा संलग्न भनिएका र मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ