arrow

विवाद सुल्झाउन बैठक

कांग्रेसका शीर्ष नेताहरूको बैठक ललितपुरमा बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
congress-meeting-82-5-3r.jpg
तस्बिर फाइल

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज (सोमबार) पनि बस्दैछ। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा देखिएको विवाद सुल्झाउन बैठक बिहान ९ बजेबाट ललितपुरमा बस्ने तय भएको हो।

पार्टी नेताहरूबीच महाधिवेशनको कार्यतालिकाबारे सहमति जुट्न सकेको छैन। एक पक्षले निर्वाचनअघि नै नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने माग गरिरहेको छ भने अर्को पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा छ। 

पार्टीका दुई जना महामन्त्रीले निर्वाचनअघि नियमित महाधिवेशन हुन नसकेको खण्डमा विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन्। यसको विपरीत, संस्थापन पक्षधर नेताहरू भने महाधिवेशन आगामी वैशाखमा गर्नुपर्ने पक्षमा रहेको बताइएको छ।

पार्टीभित्र देखिएको यो विवाद समाधानका लागि आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ