arrow

सुनचाँदीको मूल्यमा ठूलो गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ।

मूल्य घटेपछि आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० मा र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको कारोबारमा गिरावट आएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔंस ३,९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ