arrow

पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
italian-body.jpg

गोरखा। गोरखा जिल्लास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, पाङबारी हिमालको पहिलो शिविर (क्याम्प-१) मा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको हो। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले जानकारी दिए।

फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा गत बुधबारदेखि हिमपातका कारण अलपत्र परेका थिए। उनीहरूको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ।

उनीहरूसँगै पाङबारी हिमालबाट फर्कने क्रममा अलपत्र परेका ६५ वर्षीय इटालियन नागरिक भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। परलिनोसँगै रहेका नेपाली सहयोगीहरू पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको श्रेष्ठले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ