तोलामा एक हजार एक सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
874
Shares
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ घटेको छ। बुधबार सुनको भाउ तोलामा एक हजार एक सय र चाँदी २५ रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ३८ तीन सय र सोमबार दुई लाख ३९ हजार सात सय रुपैयाँ रहेको थियो ।
यता, मंगलबार प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ सोमबार प्रतितोला तीन हजार ६० रुपैयाँ रहेको थियो।