arrow

कांग्रेसमा नेतृत्व परिवर्तन अनिवार्य: प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
pradipss.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नेतृत्व यथावत राखेर पार्टीप्रति आकर्षण बढाउन नसकिने स्पष्ट बताएका छन्। उनले जेन-जी आन्दोलनको पहिलो शर्त नै नेतृत्व परिवर्तन भएकाले त्यो बिना पार्टी अगाडि बढ्ने सम्भावना कम रहेको जिकिर गरे।

बुधबार 'राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२' मा 'बदलिँदो राजनीति ः सच्चिदै की सक्किदै दल ?’ विषयक बहसमा बोल्दै नेता पौडेलले नेतृत्व परिवर्तन अनिवार्य रहेको बताए। उनले नेतृत्व यथावत राखेर कांग्रेस पार्टीप्रति आकर्षण बढ्न नसक्ने भन्दै नेतृत्व परिवर्तनको विधि निर्वाचनभन्दा अगाडि नै घोषणा गर्नुपर्ने सुझाव दिए।

नेतृत्व परिवर्तनपछि जेन-जी आन्दोलनले उठाएको दोस्रो मुख्य सर्त भ्रष्टाचार नियन्त्रण भएको भन्दै पौडेलले यसमा प्रभावकारी नीति बनाउनुपर्ने र पार्टी आफैँ पनि छानबिनका लागि सहयोग गर्न तयार हुनुपर्ने बताए। यस्तै, उनले अहिले पार्टीभित्र नीतिगत पक्षमा गम्भीर हुन नसकेको कुरालाई सम्बोधन गर्ने र चुनावसम्म केही नगर्ने भन्ने खालको दुई मत रहेको पनि जानकारी दिए।

नेता पौडेलले सरकारमा भएको हिसाबले भदौ २३ र २४ गते भएको खबरदारी आन्दोलन कांग्रेस लक्षित पनि भएको कुरा पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताए। सधैँ क्रान्तिको नेतृत्व गरेको कांग्रेसविरुद्ध जनता सडकमा आएको विषयलाई नेतृत्वले पार्टी बचाउनका लागि पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ। उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई सामान्य छिटपुट घटना हो, पाठ सिक्नुपर्दैन भनेर कसैले बुझाई राख्छ भने त्यो दल वा राजनीतिक व्यक्ति आफैँ समाप्त हुने चेतावनी दिए। उक्त घटनामा सरकारको जिम्मेवारी हुने भन्दै उनले सरकारको मन्त्रीको हैसियतले आफूले पाउनु पर्ने दण्ड भोग्न तयार रहेको घोषणा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ