कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूको आज भेला
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
3k
Shares
काठमाडौँ। नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर ध्रुवीकरण बढिरहेका बेला आज नियमित महाधिवेशन पक्षधर नेताहरूको भेला हुँदैछ।
विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि त्यसको 'काउन्टर' स्वरूप आज बिहान साढे ११ बजे काठमाडौंको एक होटलमा यो भेला गर्न लागिएको हो।
भेला बोलाउनेमा संस्थापन पक्षका नेताहरू र डा. शेखर कोइराला नेतृत्वको इतर समूहका नेताहरू पनि रहेका छन्।
नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन बोलाउनुपर्ने भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित पार्टी नेतृत्वलाई दबाब दिइरहेको अवस्थामा नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले यो भेला आयोजना गरेका हुन्।
पार्टीमा तत्काल महाधिवेशनको मिति तोक्ने वा निर्वाचनपछि मात्रै गर्ने भन्नेमा चर्को विवाद देखिएको छ।