बजारमा सुनचाँदीको मूल्यमा वृद्धि, लगानीकर्तालाई सतर्क रहन सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
716
Shares
काठमाडौँ। स्थानीय बजारमा बुधवारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० निर्धारण भएको छ । जुन बुधबार रु दुई लाख ३७ हजार २०० थियो।
त्यस्तै, आज एक तोला चाँदीको मूल्य रु तीन हजार १० कायम भएको छ । जुन बुधवार रु दुई हजार ९९० मा खरिदबिक्री भएको थियो।
बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेकाले लगानीकर्तालाई सतर्क रहन जोड दिएका छन्।
उनीहरूका अनुसार सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक छ र आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने विश्लेषण रहेको छ।