arrow

उकालो लाग्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
gold-silver-final-2080.jpeg
फाइल तस्बिर

काठमाडौँ । सुनको मूल्य उकालो लाग्न थालेको छ । अघिल्लो दिन बिहीबार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ ।  

बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो । सुनको मूल्यसँगै चाँदीको पनि मुल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो । 

दसै तिहार अघिसम्म सुनको भाउ निरन्तर बढेपनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुई साता अघिबाट भाउ बढ्न थालेको छ । –
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ