नेपालको लगातार तेस्रो हार, श्रीलङ्कासँग तीन विकेटले पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
804
Shares
काठमाडौँ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल श्रीलङ्कासँग तीन विकेटले पराजित भएको छ। यससँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ।
आजै भएको समूह चरणको पहिलो खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो, भने हिजो (शुक्रबार) नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।
आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनाएको थियो। नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ रन र लोकेश बमले अविजित ३१ रन को योगदान दिए। श्रीलङ्काका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक विकेट लिए।
नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलङ्काले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। श्रीलङ्काका लागि धनञ्जय लक्षणले अविजित ३६ रन र निमेश विमुखीले अविजित ३३ रन बनाए। नेपालका लागि रुपेश सिंहले दुई विकेट लिए भने लोकेश बमले एक विकेट लिएका थिए।