arrow

छन्द साधना पुरस्कारबाट कवि लम्साल र आचार्य पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
naba-raj-lamsal.jpg.jpeg

काठमाडौँ। छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।

आज आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं साहित्यकार मुकुन्दशरण उपाध्यायले कवि डा. लम्साललाई रु ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई रु २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरे।

रेडियोकर्मीसमेत रहेका धादिङका डा. लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गरेका छन्। मकवानपुरका आचार्यले भने सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ