शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
860
Shares
काठमाडौं। नेपाली क्रिकेटका हस्ती एवम् प्रमुख खेलाडी शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले आज (आइतबार) हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यासको घोषणा गरेका हुन्।
शरदले कप्तानी गरेको नेपाल आजको अन्तिम खेलमा यूएईसँग पराजित भएसँगै हङकङ सिक्सेसको यात्रा समाप्त भएको थियो।
सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका भेषावकर, नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय सम्मको यात्रा तय गर्नका लागि एक प्रमुख खेलाडी थिए।
नेपालले आफ्नो इतिहासमा खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीका समेत उनी सदस्य हुन्। नेपाली क्रिकेटमा उनको सन्यासलाई एउटा महत्त्वपूर्ण युगको अन्त्यका रूपमा हेरिएको छ।