सुन-चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
964
Shares
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ सामान्य रुपमा घटेको छ । आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो।
शुक्रबार प्रतितोला दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला दुई लाख ३८ हजार छ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी पाँच रुपैयाँले चाँदीको मूल्य घटेको हो।
शुक्रबार तीन हजार २० रुपैयाँमा कारोवार भएको चाँदी आइतबार तीन हजार १५ रुपैयाँमा कारोवार भइरहेको छ।