arrow

शहीद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
public-holiday-sarwajanik-bida.jpg

गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा पालिकाले सार्वजनिक बिदा दिएको हो।

सोमबार मनकामना मन्दिरमा विशेष पूजा एवं मेला लाग्ने हुँदा गाउँपालिकाभर बिदा दिएको पालिकाले जनाएको छ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा हरेक वर्ष गुठी पूजाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको र सोही निर्णय अनुसार सोमबार सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ।

सोमबार पालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय र पालिकाभित्रका विद्यालयमा समेत स्थानीय बिदा दिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ