arrow

बाढीले बगाएका तीन पुरुषको ४० घण्टापछि समुद्रबाट सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
tufan-philippines.jpg

काठमाडौँ। भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका तीन जना पुरुषलाई ४० घण्टाभन्दा बढी समयपछि समुद्रबाट सकुशल उद्धार गरिएको छ। एक उद्धारकर्मी र पीडितमध्ये एक व्यक्तिकी पत्नीले सोमबार उनीहरूलाई समुद्रको लहरबाट सुरक्षित रूपमा निकालिएको जानकारी गराएका हुन्।

भियतनामको मध्य तटको पानीमा तीनवटा उद्धार जहाजले सञ्चालन गरेको अपरेशनमा शनिबार उनीहरूलाई धेरै घण्टा लगाएर उद्धार गरिएको थियो। ४० वर्षीय फान हाउले, उद्धारपछि आफूहरू बाँच्ने आशा मारिसकेको अवस्थामा पूर्ण रूपमा स्तब्ध भएको बताए। उद्धारकर्मीहरूले पनि उनीहरूलाई जीवितै पाउने आशा गुमाइसकेको अवस्थामा भेट्दा धेरै खुसी व्यक्त गरे।

काल्मेगी आँधी बिहीबार देशको मध्य क्षेत्रमा अवतरण भएको थियो, जसका कारण कम्तीमा पाँच भियतनामी नागरिकको मृत्यु भयो। यसअघि फिलिपिन्समा सोही आँधीका कारण २०० भन्दा बढीको ज्यान गएको थियो।

उद्धार गरिएकामध्ये एक ४४ वर्षीय डुओङ क्वाङ कुओङ पारिवारिक विवादपछि बिहीबार दिउँसो पानीमा हाम फालेका थिए। त्यसपछि ले क्वाङ सान र फाम डुय क्वाङ उनलाई बचाउने प्रयासमा एउटा सानो डुङ्गामा लाइफ ज्याकेटसहित पानीमा पसेका थिए। दुर्भाग्यवश, जहाज पल्टियो र तीनै जना किनारबाट टाढा पुगेर अलग भएका थिए।

क्वाङलाई शनिबार बिहान ली सोन टापुको दक्षिणमा हाई नाम ३९ नामक जहाजले उद्धार गरेको थियो। उद्धार गरिएका तीनै जना पुरुषलाई अहिले परिवारको जिम्मा लगाइएको छ र आवश्यक उपचारका लागि अस्पताल भर्ना गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ