महाधिवेशनको 'धर्मसंकट': देउवा विदेशमा छँदा केन्द्रीय समितिमा नेताहरूबीच चर्को मतान्तर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
3.1k
Shares
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। तिहारअघिबाट सुरु भएको यो बैठक अझै जारी रहे पनि पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूबीच मत विभाजित छ।
केही नेताहरूले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिपयले निर्वाचनपछि मात्रै महाधिवेशन हुनुपर्ने धारणा राखेका छन्।
पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहेकाले पार्टीको कार्यसम्पादन र महत्त्वपूर्ण निर्णयहरू लिन नेताहरूलाई समस्या परिरहेको छ। देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर गएका छन्।
तर, देउवा अनुपस्थित रहेको र महत्त्वपूर्ण राजनीतिक सङ्कट चलिरहेको समयमा उपसभापति खड्काले भने आफूले पाएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न नसकेको भन्दै पार्टीभित्र प्रश्न उठिरहेको छ। देउवाको अनुपस्थितिले पार्टीको कार्यसम्पादन र जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन जस्ता संवेदनशील विषयमा निर्णय लिन नेताहरूलाई थप समस्या भइरहेको छ।
केन्द्रीय समिति बैठकमा नेताहरूले संसद पुनःस्थापना, निर्वाचनमा जानुपर्ने र महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन्।