अपडेटः भारतीय प्रख्यात अभिनेता धर्मेन्द्रको अवस्था नाजुक
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
1.4k
Shares
मुम्बई । भारतीय प्रख्यात अभिनेता धर्मेन्द्रको निधन स्वास्थ्य अवस्था नाजुक भएको छ । उनको ब्रीच क्यान्डी अस्पतालमा निधन उपचार सोमबार रातिदेखि भइरहेको हो ।
यसअघि भारतीय सञ्चारमाध्यमहरुले नै उनको निधन भएको भनी समाचार सम्प्रेषण गरेका थिए । मिडियामा यो खबर ब्यापक फैलिएसँगै नेपालका मिडियामा पनि यो समाचार आयो । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले निधनको शोक जनाएका थिए । तर जब धर्मेन्द्रकी छोरी ईशा देओलले सामाजिक सञ्जालमा लेखिन् कि उनको स्थिति सुधारोन्मुख छ तब शोक हटाइएको थियो ।
ईशाले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा धर्मेन्द्रको मृत्युको खबरलाई पूर्ण रूपमा अस्वीकार गरेकी छिन् । उनले लेखेकी छिन्, "मिडियाले पूर्ण रूपमा गलत समाचार फैलाइरहेको छ। बुबाको अवस्था स्थिर छ र उहाँ निको हुँदै हुनुहुन्छ। हामी सबैलाई हाम्रो परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौँ। बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।"
उनी ७२ घण्टा निकै नाजूक अवस्थामा भेन्टिलेटरमा हुनेछन् । ८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । जहाँ उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ। जेठा पुत्र सनी देओल अस्पतालमै रहेका छन् । कान्छा पुत्र बबी देओल पनि अल्फाको छायांकन छोडेर मुम्बई फर्किएका थिए ।
बलिउड अभिनेताहरु शाहरुख खान र सलमान खानसहित धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति नै ब्रीच क्यान्डी अस्पताल गएका थिए ।
यसअघि उनलाई अक्टोबर ३१ मा अस्पताल भर्ना गरिएको थियो। तर केही घण्टामै उनलाई डिस्चार्ज गरिएको थियो।
धर्मेन्द्रले यस वर्षको सुरुमा कोर्निया प्रत्यारोपण शल्यक्रिया गराएका थिए। उनको देब्रे आँखाको पारदर्शी तह, कोर्निया बिग्रिएको थियो, जसपछि उनले कोर्निया प्रत्यारोपण (केराटोप्लास्टी) गराएका थिए ।
धर्मेन्द्रले २०१५ र २०२० को बीचमा धेरै पटक ढाड दुख्ने, मांसपेशीमा तनाव र कमजोरीको गुनासो गरेका थिए। ढाड दुख्ने र थकानको कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।
उनको जन्म डिसेम्बर ८, १९३५ मा नस्रालीमा भएको थियो। उनी डिसेम्बर ८ मा ९० वर्ष पुग्नेछन् ।
उनको अन्तिम फिल्म चाँडै रिलिज हुनेछ। धर्मेन्द्र फिल्म ‘एकिस’ मा देखिनेछन्। यो फिल्मले भारत–पाकिस्तानी युद्धको समयमा एक जवान सिपाही अरुण खेत्रपालको कथा बताउँछ ।
अमिताभ बच्चनकी नातिनी अगस्त्य नन्दले अरुण खेत्रपालको भूमिका निर्वाह गर्छिन् भने धर्मेन्द्रले उनका बुबा एमएल खेत्रपालको भूमिका निर्वाह गर्छन्।