arrow

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

महाधिवेशनको 'दोहोरो दबाब' मा कांग्रेस केन्द्रीय समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
congress-meet-07-20.jpg

काठमाडौँ। तिहारअघिबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बुधबार) पनि जारी रहने भएको छ। 

विशेष महाधिवेशन वा नियमित महाधिवेशनको समयबारे पार्टीभित्र सहमति जुट्न नसक्दा नेताहरू विभाजित छन् र बैठकले निष्कर्ष निकाल्न सकेको छैन।

महाधिवेशन निर्वाचनअघि गर्ने वा निर्वाचनपछि गर्ने भन्ने विषयमा नेताहरू दुई ध्रुवमा बाँडिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहेकाले पार्टीको कार्यसम्पादन र महत्त्वपूर्ण निर्णयहरू लिन नेताहरूलाई समस्या परिरहेको छ। देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर गएका छन्।

तर, देउवा अनुपस्थित रहेको र महत्त्वपूर्ण राजनीतिक सङ्कट चलिरहेको समयमा उपसभापति खड्काले भने आफूले पाएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न नसकेको भन्दै पार्टीभित्र प्रश्न उठिरहेको छ। देउवाको अनुपस्थितिले पार्टीको कार्यसम्पादन र जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन जस्ता संवेदनशील विषयमा निर्णय लिन नेताहरूलाई थप समस्या भइरहेको छ।

बैठकमा नेताहरूले संसद पुनःस्थापना, निर्वाचनमा जाने विषयका साथै महाधिवेशनको मिति लगायतका मागहरू राखिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ