काठमाडौँ। सुनको भाउमा एकैदिन ५९ सयको छलाङ आएको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्यमा रु पाँच हजार नौ सयले भारी वृद्धि भएको छ भने चाँदीको मोल पनि तोलामा रु एक सय सत्तरीले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख पचास हजार दुई सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार तीन सय पैंतालीसमा कारोबार भइरहेको छ।
बुधबार एक तोला सुन रु दुई लाख चवालिस हजार तीन सय र चाँदी रु तीन हजार एक सय पचहत्तरमा खरिदबिक्री भएको थियो।