arrow

सुनको भाउ तोलामा पाँच सय र चाँदीको ६० रुपैयाँ घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच सय र चाँदीको ६० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँ रहेको थियो । 

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ म प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगको थियो । 

यता, बिहीबार प्रतितोला तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार घटेर तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । 

चाँदीको भाउ हालसम्मकै उच्च गत असोज ३१ म प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ कायम भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ