arrow

लडेर सात बर्षीया बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
Taplejung_District.png

ताप्लेजुङ । जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङदेवामा लडेर एक बालिकाको ज्यान गएको छ । फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो ।

फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो ।

शव कानूनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै बढईले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ