arrow

बहस शुरु

प्रदीप गिरी संस्थानले शुरु गर्‍यो ‘आइडिया अफ कांग्रेस’ अन्तरक्रिया [भिडियो]

कांग्रेसको सिद्धान्त जोगाउन र पार्टीलाई नयाँ ऊर्जा दिन युवाको पहल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
idea-congress.jpg

काठमाडौँ। नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरी संस्थानले ‘आइडिया अफ कांग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ। शनिबार राजधानीमा शुरु गरिएको यो छलफल पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित रहेको र यसले कांग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्यांक उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताए। उनले उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको बताए। उनले पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वले एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिवन्धतर्फको प्रस्तावलाई कांग्रेसको आधारभूत सिद्धान्तविपरीत भएको भन्दै आलोचना गरे।

अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सयभन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिए। डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेशाका विज्ञहरूले कांग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भूमिकामा खुला बहस गरेको उनले बताए। यो बहसले पार्टीको पहिचानलाई मजबुत बनाउने झाको भनाइ छ।

अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसमक्ष बुझाउने भएको छ। यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्वन र संगठन सुधारमा संस्थागत टेवा पुर्‍याउने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ