arrow

सुन तोलाको दुई हजार आठ सयले बढ्यो, चाँदीमा ६० रुपैयाँ वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
gold-silver-final-2080.jpeg
फाइल तस्बिर

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ ।

आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ