arrow

चौधरी ग्रुपले गत वर्ष तिर्‍यो २५ अर्ब ५९ करोड राजस्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
nirvana-chaudhary-rameshwor-khanal.jpg

काठमाडौँ । चौधरी ग्रुपले गत वर्ष २५ अर्ब ५९ करोड रुपैयाँ राजस्व तिरेको जनाएको छ । चौधरी ग्रुप सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा उक्त जानकारी दिएका हुन् । 

उनले ग्रुप अफ कम्पनिजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री रामेश्वर खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको भन्दै आभार व्यक्त गरेका छन् ।

उनले सीजीले २५ अर्ब ५९ करोड कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३ प्रतिशत योगदान दिएकोसमेत उल्लेख गरेका छन् । 

चौधरीले चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेकोसमेत उल्लेख गरेका छन् । 

गत भदौ २४ गतेको जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीमा सीजीले अर्बौंको क्षति बेहोरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ