arrow

 च्छो रोल्पा पदयात्रा [फोटोफिचर]

logo
पबिना खड्का,
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
tsorolpa-trekking-dolakha (6).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

दोलखा । विश्व प्रसिद्ध च्छो रोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो पदमार्गको मुख्य आकर्षण च्छो रोल्पा हिमताल हो । यो हिमताल समुद्री सतहबाट ४५०० मिटर उचाईमा अवस्थित रहेको छ । 

च्छो रोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ । त्यहीँबाट पदयात्रा शुरू हुन्छ । यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ । तथापि यात्राले दिने आनन्द भने एकदमै फरक,  रमाइलो र अविस्मरणीय रहनेछ । 

सिमि गाउँ, सुरमुचे, क्याल्चे, दोङवाङ, थामदिङ, बेदिङ र ना गाउँ  पदमार्गका बस्तीहरु  हुन् । यी गाउँहरू अत्यन्तै सुन्दर छन् । ना गाउँ अन्तिम मानव बस्ती  हो । जहाँ पर्याप्त मात्रामा होटल र होमस्टे भेटिन्छन् । त्यहीँबाट च्छो रोल्पा पुग्न सहज हुन्छ । 

यात्रा गर्दा गौरीशंकर हिमाल ऐना झै टल्किरहन्छ । जसले यात्राको सौन्दर्य झनै बढाइदिन्छ । च्छो रोल्पा पदमार्गको अर्को विशेष आकर्षण दुधकुण्ड हो । जुन च्छोरोल्पा ताल भन्दा करिब ३०० मिटरमाथि उचाईमा अवस्थित रहेको छ । 

यहाँबाट रोल्वालिङ भ्याली र हिमशृङ्खलाहरू स्पष्टसँग देख्न सकिन्छ । जसको सुन्दरताले सबैलाई मनमोहित बनाउँछ ।  

काठमाडौँबाट ६ दिनमा च्छो रोल्पा यात्रा पूरा गर्न सकिन्छ । जहाँबाट अन्य पदमार्गहरुमा समेत थप यात्रा गर्न सकिन्छ । 

च्छोरोल्पा यात्रा केवल हिमताल हेर्ने उद्देश्य मात्र नभइ, प्रकृति, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट बुझ्ने अद्भुत अवसर  पनि  हो ।

 

tsorolpa-trekking-dolakha (3).jpg
tsorolpa-trekking-dolakha (4).jpg
tsorolpa-trekking-dolakha (5).jpg
tsorolpa-trekking-dolakha (6).jpg
tsorolpa-trekking-dolakha (7).jpg
tsorolpa-trekking-dolakha (8).jpg
tsorolpa-trekking-dolakha (9).jpg
tsorolpa-trekking-dolakha (10).jpg
tsorolpa-trekking-dolakha (11).jpg
tsorolpa-trekking-dolakha (12).jpg
tsorolpa-trekking-dolakha (13).jpg
tsorolpa-trekking-dolakha (14).jpg
tsorolpa-trekking-dolakha (15).jpg
tsorolpa-trekking-dolakha (16).jpg
tsorolpa-trekking-dolakha (17).jpg
tsorolpa-trekking-dolakha (18).jpg
tsorolpa-trekking-dolakha (19).jpg
tsorolpa-trekking-dolakha (20).jpg
tsorolpa-trekking-dolakha (21).jpg
tsorolpa-trekking-dolakha (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ