मकवानपुरमा जेन-जी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
706
Shares
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले निजलाई भीमफेदी कारागारमा बुझाइएको जनाएको छ।