arrow

जाडोको भरपर्दो साथी, माइडियाले नेपालमा सार्वजनिक गर्‍यो पीटीसी सेरामिक हिटर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
cg-midea-ptc-heater.jpg

काठमाडौँ। अन्तर्राष्ट्रिय होमअप्लायन्स ब्रान्ड माइडियाले आफ्नो नयाँ २००० वाट पीटीसी सिरेमिक हिटर (मोडेल: एनटीएच२०-२२एफआर) नेपाली बजारमा प्रस्तुत गरेको छ। नेपालमा मिडिया ब्रान्डका उत्पादनहरूको बिक्री तथा वितरण सीजी इलेकट्रोनिक्स मार्फत हुँदै आएको छ र यो मोडेल पनि सोही वितरण सञ्जालमार्फत उपभोक्तासमक्ष उपलब्ध गराइएको हो।

उपलब्ध आधिकारिक फाइल अनुसार, यस हिटरमा पीटीसी सिरेमिक हिटर प्रौद्योगिकी प्रयोग गरिएको छ। यस मोडेलमा अत्यधिक तातोबाट सुरक्षा र टिप-ओभरबाट सुरक्षा उपलब्ध छ। जसले तापक्रम अत्यधिक हुँदा वा उपकरण ढल्किएको अवस्थामा स्वतः सुरक्षा प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ।

हिटरमा बहु तापक्रम चयन सुविधा दिइएको छ, जसले आवश्यक अनुसार तापमान मिलाउन मद्दत गर्छ। साथै, फाइलमाचौडा कोण दोलन रहेको उल्लेख छ। जसले तातो हावालाई फराकिलो दिशामा प्रवाह गर्न सहयोग गर्छ।

यस मोडेलमा २४-घण्टा टाइमर सुविधा रहेको छ। जसले समय सेट गरी सहज रूपमा हिटर सञ्चालन गर्न सकिन्छ। साथै, इको मोड सेटिङ उपलब्ध गरिएको छ। जुन ऊर्जा बचत प्रविधिको रूपमा उल्लेख गरिएको छ।

यसका साथै, यो मोडेललाई अझ सहज र सुविधाजनक बनाउने विशेष फिचरका रूपमा रिमोट कन्ट्रोल पनि प्रदान गरिएको छ। जसको माध्यमबाट टाढैबाट हिटरका सबै आवश्यक सेटिङहरू सहज रूपमा नियन्त्रित गर्न सकिन्छ।

उपकरणमा डिजिटल एलईडी डिस्प्ले रहेको र फाइलमा यसलाई बोक्न सजिलो को रूपमा उल्लेख गरिएको छ। जसले यसको पोर्टेबल र हल्का डिजाइनलाई सङ्केत गर्छ।

कम्पनीका अनुसार, नेपालभरका सीजी डिजिटल शो–रुमहरू, सीजी इलेकट्रोनिक्स डिलर नेटवर्क, तथा प्रमुख ई-कमर्स प्लेटफर्महरू मार्फत माइडियाको नयाँ पीटीसी सिरेमिक हिटर(मोडेल: एनटीएच२०-२२एफआर) को बिक्री सुरु गरिएको छ।

माइडियाका गिजर तथा हीटिङ उत्पादनहरूमा भाग र मोडेलअनुसार दीर्घकालीन वारेन्टी उपलब्ध रहेको र सबै उत्पादनहरू अन्तर्राष्ट्रिय सुरक्षा–मानकअनुसार तयार गरिएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ