arrow

निरजको शतकले यू–१९ प्रिमियर कपमा साउदीमाथि नेपालको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
nirajkumar-yadav-u19-centurian.jpg

काठमाडौँ । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले शानदार शुरूआत गरेको छ । नेपालले मंगलबार भएको पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गर्यो । 

जितका लागि २१९ रनको चुनौती पछ्याएको नेपालले ३० ओभर ४ बलमै २ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि निरजकुमार यादवले ९० बलमा ११४ रन बनाए । त्यस्तै निश्चल क्षेत्रीले ७३ बलमा ६६ रन बनाउ । वंश क्षेत्रीले २० बलमा ३० रन बनाए । 

यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्र्दै साउदीलाई २१८ रनमा रोकेको हो । साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर उक्त योगफल तयार गरेको हो । 

मोहम्मद जुबेर सुनसराले ४८ तथा मोहम्मद रेहान सिद्धिकीले ४१ रन बनाए । नेपालका लागि अशोक धामीले २ तथा दयानन्द मन्डल, सुशीलबहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १–१ विकेट लिए । 

यूएईको अजमानमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा बिहीबार नेपालले हङकङसँग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ