अब घरमै रङ्गशाला र चलचित्र हलको अनुभव: सीजी मेरिडियाको ४के एआई गुगल टिभी नेपाली बजारमा सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
721
Shares
काठमाडौँ। नेपालको अग्रणी इलेकट्रोनिक्स कम्पनी सीजी इलेकट्रोनिक्स अन्तर्गतको सीजी ब्रान्डले आफ्नो विशिष्ट 'सीजी मेरिडिया सिग्नेचर सिरिज' अन्तर्गत कृत्रिम बौद्धिकता (एआई) जडित '४के गुगल टिभी' नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ६५ इन्च (६५जीटीवीयू५), ५५ इन्च (५५जीटीवीयू५) र ४३ इन्च (४३जीटीवीयू५) गरी तीन अलग–अलग मोडेलमा यी टेलिभिजनहरू उपलब्ध गराएको हो।
कम्पनीका प्रतिनिधिहरूका अनुसार सीजी मेरिडिया सिग्नेचर सिरिज नेपालमा एआई (कृत्रिम बौद्धिकता) प्रविधि सहितको टेलिभिजन भित्र्याउने पहिलो घरेलु ब्रान्ड बनेको छ। उच्च गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली उपभोक्ता माझ पुर्याउने उद्देश्य अनुरुप यो नयाँ शृङ्खला बजारमा ल्याइएको हो।
विशेष गरी नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यो टेलिभिजनले उपभोक्तालाई घरमै बसेर खेलकुद हेर्दा रङ्गशालाकै जस्तो र चलचित्र हेर्दा सिनेमा हलकै जस्तो जीवन्त अनुभव प्रदान गर्ने दाबी कम्पनीले गरेको छ। यसले मनोरञ्जनको अनुभवलाई निखार्नुका साथै घरभित्रको डिजिटल गतिविधिलाई थप चुस्त, सरल र व्यक्तिगत बनाउने विश्वास लिइएको छ।
एआई (कृत्रिम बौद्धिकता) का मुख्य विशेषताहरू
यस टिभीमा प्रयोग गरिएको अत्याधुनिक एआई प्रविधिले दृश्य र ध्वनिलाई स्वतः विश्लेषण गरी उत्कृष्ट अनुभव प्रदान गर्छ:
छाला पहिचान गर्ने प्रविधि: यसले मानिसको अनुहार, छालाको रङ्ग र बनावटको सूक्ष्म विश्लेषण गरी दृश्यलाई प्राकृतिक, सफा र जीवन्त देखाउँछ।
चालको स्पष्टता: तीव्र गतिका खेलकुद, एक्सन चलचित्र र भिडियो गेमका दृश्यहरूमा देखिने धमिलोपन र छाया हटाई दृश्यलाई स्पष्ट र सहज बनाउँछ।
एमईएमसी (थप फ्रेम, थप स्पष्टता): यस प्रविधिले दृश्यमा थप फ्रेमहरू सिर्जना गरी हल्लिएको वा धमिलो देखिने समस्या कम गर्छ, जसले गर्दा दृश्य स्थिर र स्पष्ट देखिन्छ।
संवाद स्पष्टता : एआई अडियो विश्लेषण मार्फत यसले पृष्ठभूमिमा आउने अन्य शोरलाई हटाएर पात्रहरूको संवादलाई मात्र प्रस्ट सुनिने बनाउँछ।
रिमोट खोज्ने सुविधा : यदि रिमोट हराएमा टिभीमा रहेको 'रिमोट लोकेटर बटन' थिच्नासाथ रिमोटबाट बिप वा अलार्मको आवाज आउँछ, जसले गर्दा रिमोट सजिलै भेट्टाउन सकिन्छ।
अन्य एआई क्षमताहरू: यसमा रहेको '४के अपस्केलिङ' ले कम गुणस्तरका भिडियोलाई पनि ४के नजिकको गुणस्तरमा रूपान्तरण गर्छ। साथै, यसले प्रयोगकर्ताको हेर्ने बानी अनुसार सिफारिसहरू दिने र कोठाको वातावरण अनुसार ब्राइटनेस (चम्किलोपन), कन्ट्रास्ट र आवाज आफैँ समायोजन गर्छ।
प्राविधिक विवरण
प्रोसेसर र मेमोरी: चार कोर भएको ए५५ प्रोसेसर, माली-जी५२ ग्राफिक्स युनिट, २ जीवी र्याम र १६ जीवी भण्डारण क्षमता ।
दृश्य गुणस्तर: ४के अल्ट्रा एचडी, एचडीआर १०/एचएलजी, रङ्गको फराकिलो दायरा (१०५% बिटी.७०९) र एमईएमसी प्रविधि।
ध्वनि प्रणाली: डल्बी डिजिटल प्लस, २० देखि २४ वाटका स्टेरियो स्पिकर र वरिपरि गुन्जिने आवाज प्रविधि।
स्मार्ट सुविधाहरू: गुगल टिभी अपरेटिङ सिस्टम, क्रोमकास्ट (मोबाइलको दृश्य टिभीमा देखाउने सुविधा), गुगल असिस्टेन्ट, बालबालिकाका लागि किड्स मोड र गेमिङ मोड।
जडान सुविधाहरू: डुअल ब्यान्ड वाई-फाई, ब्लुटुथ ५.१, ३ वटा एचडीएमआई पोर्ट, २ वटा यूएसबी पोर्ट र अप्टिकल आउटपुट।
डिजाइन: वरिपरि फ्रेम नभएको (फ्रेमलेस) आकर्षक प्रिमियम डिजाइन।
सीजी इलेकट्रोनिक्सको बारेमा
विगत ४० वर्षभन्दा लामो समयदेखि नेपाली इलेकट्रोनिक्स बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको सीजी इलेकट्रोनिक्सले आफ्ना गुणस्तरीय उत्पादन र विश्वसनीय सेवामार्फत लाखौँ नेपाली परिवारको मन जित्न सफल भएको छ। हाल देशभर २० वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत कम्पनीले ग्राहकहरूलाई बिक्रीपछिको सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकको सहजताका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत अनलाइन खरिद गर्ने सुविधा समेत उपलब्ध छ।