एलजी नेपालद्वारा नयाँ एलजी एआई टिभी सार्वजनिक “अफेक्शनट इन्टेलिजन्स” को अनुभव अब नेपालमै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
677
Shares
काठमाडौँ। उपभोक्ता इलेकट्रोनिक्सको क्षेत्रमा अग्रणी ब्रान्ड एलजी नेपालले नयाँ पुस्ताको एलजी एआई टिभी नेपालमा सार्वजनिक गरेको छ। “अफेक्शनट इन्टेलिजन्स” को दर्शनमा आधारित र एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन२द्वारा सञ्चालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसाथ गर्ने क्षमता मार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राख्दछ।
तपाईँलाई बुझ्ने र तपाईँका लागि सोच्ने स्मार्ट टिभी
नयाँ एलजी एआई टिभीले रियल टाइम मै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा अनुकूलन गर्छ। दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म— यो टिभीले प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्दछ।
स्मार्ट जीवनका लागि अत्याधुनिक एआई फिचरहरू:
नयाँ एलजी एआई टिभी सिजीजले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै निम्न उत्कृष्ट एआईमा आधारित
विशेषताहरू प्रस्तुत गर्दछ:
प्राकृतिक संवादमार्फत छिटो सहायता
तपाईँका रुचि अनुसार सामग्री तथा जीवनशैली सुझाव
दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन
घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ
छिटो, इन्टेलिजेन्ट र प्रभावकारी सामग्री खोज प्रणाली
प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन
यी फिचरहरूले स्मार्ट टिभीको धारणा नै बदल्दै, घरमा सहानुभूतिशील, अनुकूलनीय र सहज अनुभव प्रदान गर्दछ।
हरेक नेपाली घरका लागि प्रिमियम विकल्पहरू
एलजी एआई टिभी नेपालमा निम्न चार प्रिमियम सिरिजहरूमा उपलब्ध हुनेछ:
एलजी ओएलईडी इभो एआई
एलजी क्यूएनईडी एआई
एलजी नानोसेल एआई
एलजी यूएचडी एआई
प्रत्येक मोडेलमा एलजीको अत्याधुनिक एआई क्षमता, गेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य सिरिज उपलब्ध छन्। जसले हरेक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्छ।
मनोरञ्जन प्रविधिमा नयाँ मापदण्ड
एलजीका मार्केटिङ र ब्राण्ड प्रमुख मुकेश कुमार बैठा भन्छन्, “एलजी एआई टिभीको आगमनसँगै, हामी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ गर्दैछौं। यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरूसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ,”
“हामी नेपालमा विश्व स्तरीय नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ र स्मार्ट, कनेक्टेड लिभिङको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राख्छौँ,” उनले थपे।
उपलब्धता
नयाँ एलजी एआई टिभी सिरिज अहिले नेपालभर रहेका सबै आधिकारिक एलजी शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध छ। ग्राहकहरूले नजिकको शोरूममा गई प्रत्यक्ष डेमो तथा एआई फिचरहरूको अनुभव लिन सक्नेछन्।
एलजी नेपाल बारेमा
४० वर्षदेखि एलजी नेपाल नेपाली उपभोक्तामाझ विश्वासिलो नामको रूपमा स्थापित छ— नवप्रवर्तनशील, भरपर्दो र प्रयोगकर्ता–मैत्री उपकरण तथा इलेकट्रोनिक्समार्फत। “लाइभ ईज गुड” भन्ने विश्वाससहित, एलजीले दैनिक जीवनलाई अझ सहज, स्मार्ट र रमाइलो बनाउन निरन्तर अग्रसर रहँदै आएको छ।