चौवन्न प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सामान्य रुपमा नलिन चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
2.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेस नेता एवं गोरखा क्षेत्र नं २ का सभापति गोविन्द गुरुङले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सामान्य रुपमा नलिन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेलामा उनले ५४ प्रतिशत महासमिति प्रतिनिधि नै अभियान्ता भएको भन्दै अब ढिलो नगरि विशेष महाधिवेशनको पक्षमा पूर्ण रुपमा संगठित हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भोलि(बिहीबार) हुने केन्द्रीय कमिटीको बैठकले पनि युवा जमातले नै परिवर्तित भएर जान विशेष महाधिवेशनको विकल्प छैन ।’
उनले नेपाली कांग्रेसमा गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरे ।
उनले भने, ‘गगन थापा नै अब पार्टी सभापतिको विकल्प होे भन्न लाज मान्न हुँदैन ।’
उनले थपे, ‘कसैको नाम लिँदा पनि हामी अलमलिएको जस्तो देखिएको छ । अबको विकल्प भनेको, हामीले भन्नलाई लाज मान्न हुँदैन । आम युवाले अबको विकल्प गगन थापाको विकल्प छैन ।’
गुरुङले भने, ‘म उद्घोष गर्न चाहन्छु, अब विशेष महाधिवेशनको पनि विकल्प छैन । गगन थापाको पनि विकल्प छैन ।’