arrow

एक महिनामा जसरी पनि नियमित महाधिवेशन गर्न सकिन्छः शुक्रराज शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
shukraraj-sharma-nc-gandaki.jpg

काडमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसलाई समय सापेक्षरुपमा अघि बढाउन यो भेला र छलफल भइरहेको बताएका छन् ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेलामा शर्माले विधानमा व्यवस्था भएबमोजिम पार्टी सञ्चालन भएको भए यस्तो जटिल अवस्था नआउने स्पष्ट पारे । 

कांग्रेसले नियमित महाधिवेशन गराएर देश सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसबाट दायाँबायाँ गर्न नकिल्ने जिकिर गरे । 

सभापति शर्माले कांग्रेसले आफ्नो मूल सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता भएको भन्दै सिद्धान्तमा विचलन आउँदा समस्या निम्तिएको जिकिर गरे । पार्टी नीति र सिद्धान्तमा नफर्किए कांग्रेस नरहने उनले चेतावनी दिए ।

कांग्रेस कम्युनिष्टको नीति अंगालेर अघि बढ्दा पार्टी कमजोर भएको भन्दै शर्माले बीपीको सिद्धान्तमा फर्किनुको विकल्पै नभएको स्पष्ट पारे ।

भगवान रामले पनि प्रजातन्त्रका लागि शासन गरेको भन्दै कांग्रेस आफ्नो मूल सिद्धान्तमा नफर्किएसम्म जो आए पनि पार्टी नचल्ने उनले बताए ।

कम्युष्टिले भनेको लोकतन्त्र कांग्रेसले बोकेको भन्दै शर्माले कांग्रेस सिद्धान्त प्रजातन्त्र भएकाले यसमा पार्टी आउनै पर्ने बताए ।

महाधिवेशन नियमित प्रक्रिया भएको भन्दै उनले सबै प्रक्रिया पुर्याएर एक महिनामै नियमित महाधिवेशन गर्न सकिने स्पष्ट पारे । 

दुई दिनमा देश खरानी भएको भन्दै कांग्रेसले एक महिनामा पनि महाधिवेशन गर्न सक्दिन भन्नु बेइजती हुने जिकिर गरे । 

उनले २००७ देखि २०६१ सम्ममा कांग्रेस सधैँ अगुवा रहँदै आएको कांग्रेस त्यसपछिका करिब २१ वर्ष कांग्रेस कमजोर हुँदै गएको दावी गरे ।  

कांग्रेसबाहेक अन्य दलले मुलुक चलाउन नसक्ने भन्दै सभापति शर्माले अन्य पार्टीले देश चलाउँदा के हुन्छ भन्ने प्रष्ट भइसकेको स्पष्ट पारे । 

पार्टीलाई विरासतमा फर्काउँ र पार्टीलाई बिरासतमा फर्काउन सकिए अन्य पार्टी पनि कांग्रेसकै पछि लाग्ने उनले जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ