नियमित गर्न सकिन्न जस्तो लाग्छ भने विशेष महाधिवेशन गरौँः शाही
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
3.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेस मुगुका पूर्व सभापति खड्गबहादुर शाहीले देशको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा उल्टो भएको बताएका छन् ।
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेलामा शाहीले यस्तो बतााएका हुन् ।
मुलुक परिवर्तका लागि भएका विभिन्न कालखण्डका आन्दोलनमा लडेका धेरै नेता पार्टीमा भएपनि देश कता जाँदैछ र देशमा के हुँदैछ भन्ने अनुमान गर्न नसक्ने नेताले पार्टी चलाउन नसक्ने जिकिर गरे ।
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीभित्र विशेष महाधिवेशन माग गर्नुपर्ने अवस्था आउनु विडम्वना भएको शाहीले बताए ।
उनले अझै पनि केही बिग्रिसकेको अवस्था नभएकाले नियमित महाधिवेशन गर्न कुनै कठिनाई नहुने बताए ।
उनले भने, ‘नियमित गर्न सकिन्न जस्तो लाग्छ भने विशेष महाधिवेशन गरौँ र चुनावमा होमियौँ । होइन भने अबको चुनाव कांग्रेसका लागि अनुकुल हुँदैन, हितकर हुँदैन ।’