arrow

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो सफलता, हङकङविरुद्ध शानदार जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
u19-nep-82-8-11.jpg

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । 

२७१ रनको चुनौती पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालका अप्रजित पौडेलले ४ तथा कप्तान अशोक धामीले ३ विकेट लिए ।
 
यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । 

कप्तान अशोकले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे ।

हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २–२ विकेट हात पारे । 

नेपालले यसअघि पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेकोे थियो । 

१४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ