arrow

कल्याण गुरुङको भनाइमाथि नैतिक प्रश्न

logo
पदमसुन्दर गुरुङ,
प्रकाशित २०८२ मंसिर १३ शनिबार
padamsundar-gurung-82-8-13.jpg

कल्याण गुरुङ दाइ जय नेपाल । कांग्रेसको पछिल्लो असहज परिस्थितिप्रति सामाजिक संजालमा अभिव्यक्त गर्दै आएका विषयहरू अत्यन्त चासोपूर्वक मिहिन ढंगले हेर्दै केलाउँदै आइरहेको छु । ती सबै विषयहरू कांग्रेस सुधार र कांग्रेस हितकै लागि हो भन्ने बुझ्दछु । 

पछिल्लो समय विशेष महाधिवेशन पक्षले गरेको ५४ प्रतिशत हस्ताक्षरलाई अवमूल्यन गर्नु र केन्द्रीय समितिलाई हस्ताक्षर सनाखत तुरुन्त प्रारम्भ गर्न सुझाव दिएका मात्र छैनन् हस्ताक्षर २५ प्रतिशतमा पुग्ने ठोकुवा गरेका छन् । 

म विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरकर्ता र एउटा जनसम्पर्क समितिको सभापति भएको हैसियतले पार्टीको विधान विगत वर्तमानका अभ्यास अनि लोकतान्त्रिक पार्टीभित्र उच्चतम उठिरहने तर कांग्रेसभित्र हराउँदै गइरहेको नैतिकतालाई पनि नजिकबाट नियालि रहेको छु। 

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नु हाम्रो चाहना र लहड होइन, वर्षौँदेखि कांग्रेस सुधार रुपान्तरणको अनिवार्यतालाई मुख्य नेतृत्व र उनका वरपरका सहयोगीहरुले अनसुना गर्दै आइरहेको जगजाहेर नै छ ।

एकातिर कांग्रेसभित्र रुपान्तरणको विषय त उठिनै रहेका थिए भने भदौ २३/२४ गते जेन-जी उमेर समूहका युवाहरुले राजनीतिक संरक्षणमा हुने नीतिगत भ्रष्टाचार वेथिति विसंगतिविरुद्व जेन-जी आन्दोलनले गर्यो । 

त्यस आन्दोलनपछि राजनीति अवस्था कस्तो छ ? त्यस आन्दोलनको सन्देश के हो ? राजनीतिक  पार्टी नेतृत्व कसरी रक्षात्मक हुन पगे यी सबै विषयमा केन्द्रीय राजनीतिमा आसिन नेताहरुले बुझेकै छन् । 

त्यही आन्दोलनको सन्देशलाई अझ नजिकबाट बुझेर रूपान्तरण र पुनर्गठनको टड्कारो आवश्यकता देखेर हामीले हस्ताक्षर गरेका हौँ । कृपया हाम्रो हस्ताक्षरलाई त्यसरी अवमुल्यन गरेर ५४ प्रतिशतभन्दामाथि प्रतिनिधिहरुलाई लल्कार्ने धृष्टता नगर्नु वेश होला ।  

हस्ताक्षर सनाखतको विषय एकपाखे ढंगबाट सामाजिक सञ्जालमा आफ्ना भनाइ राक्दै गर्दा त्यसबाट उत्पन्न अर्को पाखा सर्वसाधारणले नबुझे पनि महाधिवेशन प्रतिनिधि रहेका कार्यकर्ताहरुले बुझ्दछन् । 

यदि सबै सामर्थ्य जुटाएर २५ पुर्याए अथवा ३९ प्रतिशत नै पुर्याएमात्र पनि विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरूको नेतृत्व गर्ने नेता तथा समर्थन गर्ने महामन्त्रीहरूले नैतिकताको आधारमा  एक क्षण पनि पदासिन रहिरहन मिल्दैन तर हस्ताक्षर ५१ प्रतिशत भन्दामाथि कायम नै रहे वर्तमान सभापति अनि कार्यवाहक सभापतिले विशेष महाधिवेशनको विपक्षमा उभिएका गुरुङलगायत पूर्वपदाधिकारीहरूलाई त्यही नैतिकता लागू हुन्छ कि हुँदैन ? 

यदि त्यसो हुन गए वर्तमान सभापतिको सकृय राजनीतिबाट ससम्मान बिदा लिएर कांग्रेसको अभिभावक भएर बस्ने चाहनामा कस्तो अवस्था शृजना हुन्छ ? यी विषयलाई केटाकेटी कांग्रेस बुझ्दैन भन्नेनै छन्  तर हस्ताक्षर सनाखत गर्दै जाँदा २५ प्रतिशत पनि पुग्न सक्छ । 

५१ प्रतिशत भन्दा भन्दा माथि कायम नै रहन पनि सक्छ्। अनि यी दुवैहरू कांग्रेसका लागि हितकर छन् त? के यस्ता गतिविधिले कांग्रेस एकतामा बल पुग्छ त ? केन्द्रीय नेताहरूले बहुमत कार्यकर्ताको  कुरा सुनेर कांग्रेस एकताको पक्षमा वातावरण बनाउने कि महामन्त्रीहरूको  कांग्रेस रूपान्तरण र पुनर्गठनको मुद्धाप्रति ईष्या रीस राग विषवमन गरेर समय व्यथित गर्ने ? 

स्मरण गराउँ १४ औँ महाधिवेशनअघिबाट नै वर्तमान सभापतिबाट कांग्रेस चल्दैन, कांग्रेसमा सुधार र रुपान्तरणको  आवश्यक छ भन्ने निर्णयमा पुग्नु भए पछि नै आफैँ सभापतिको उम्मेदवार बनेको हैन र ? कि त्यो उम्मेदवार फगत एउटा मनोनित केन्द्रीय सदस्यको लागिमात्र थियो ? (लेखक गुरुङ नेपाली जनसम्पर्क समिति बहराईन सभापति तथा नेका महासमिति सदस्य हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ