arrow

जनप्रतिनिधि नै जुवाडे भएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
kouda-tash-juwa.jpg

चितवन । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई कालिका नगरपालिका वडा नं ६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं १२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । 

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका वडा नं ६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल छन्। 

यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं छन् ।

उनीहरूको साथबाट रु ७१ हजार दुई सय १० नगदसहित तास बरामद गरिएको छ। 

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान शुरू गरिएको उनले बताए । 

उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ