arrow

रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
rohit-sharmas.jpg

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका हान्ने खेलाडी बनेका हुन् । 

उनले ३५२ ओटा छक्का हानेका छन् । यसअघि उक्त कीर्तिमान पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको नाममा रहेको थियो । अफ्रिदीले ३५१ ओटा छक्का हानेका थिए । उनले सन्यास लिइसकेका छन् । 

रोहितले अझै एक दिवसीय खेलिरहँदा यो कीर्तिमानलाई अझै बढाउने छन् । अब रोहितले पाँच ओटा छक्का हान्ने हो भने सबै शैलीको खेलमा गरी सर्वाधिक छक्का हान्ने रेकर्डसमेत बनाउने छन् । 

विरोट कोहलीसँग मिलेर दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्ने क्रममा रोहितले ५१ बलमा ५७ रन बनाएर आउट भए । रोहितको यो ६० औँ अर्धशतक हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ