कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
3.4k
Shares
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। असोज २८ गतेदेखि शुरु भएर कुनै ठोस निर्णयमा पुग्न नसक्दा लम्बिरहेको यो बैठकले आज निर्णय लिने सम्भावना छ।
आज बस्ने केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्यतालिकाको प्रस्ताव पेस गर्नेछन्। आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापति शेर बहादुर देउवाको आग्रह बमोजिम उक्त कार्यतालिका प्रस्ताव तयार पारेका थिए।
पार्टीभित्र नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेको छ, तर केही नेताहरूले भने यसमा ध्यान नदिई आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने मत राखिरहेका छन्।