नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। आइतबार रु २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज रु २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार रु ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज रु ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको तुलनामा रु ४५ ले बढी हो।