arrow

कांग्रेस बैठकमा पुस २६ देखि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
congress-meeting-82-8-15yyy (8).jpg

काठमाडौँ । नेपाली कांग्रेसले आगामी पुस २६ गते महाधिवेशन गर्ने भएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित भएको हो । 

उनले वडातहदेखिकै कार्यतालिका प्रस्तुत गरेका हुन् । 

जेन–जी आन्दोलनका कारण पार्टीका थप कार्य गर्न नसकेको भन्दै खड्काले विधानको धारा ४३ बमोजिम मंसिर २४ देखि माघ मसान्तसम्म अहिलेको कार्यसमितिको म्याद थप्ने निर्णयसमेत गरेका छन् । 

त्यस्तै प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकका लागि उम्मेदवारको नाम सिफारिसका लागि मंसिर मसान्तभित्र केन्द्रमा आइपुग्ने गरी आजै सर्कुलर जारी गरिने उनले बताए । 

प्रत्यक्ष र समानुपातिकको नाम एकैठाउँमा बसेर टुंगो लगाउनेसमेत निर्णय भएको उनले बताए । 

पटक पटक सहमति नहुँदा बैठक सरे पनि संस्थापन इतर पक्षले कुनै पनि हालतमा प्रतिनिधि सभाको निर्वाचनअघि महाधिवेशन हुनैपर्ने रटान लिएपछि बाध्य भएर संस्थापन लचिलो भएको हो । 

नियमित महाधिवेशन नभए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन तीन महिनाभित्र गर्ने प्रावधान विधानमा छ । सो अनुहार दबाब बढेपछि पटक पटक अनौपचारिक छलफल चलाएर सहमति भएको हो । 

congress-meeting-82-8-15yyy (5).jpg
congress-meeting-82-8-15yyy (6).jpg
congress-meeting-82-8-15yyy (7).jpg
congress-meeting-82-8-15yyy (8).jpg
congress-meeting-82-8-15yyy (1).jpg
congress-meeting-82-8-15yyy (2).jpg
congress-meeting-82-8-15yyy (3).jpg
congress-meeting-82-8-15yyy (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ