कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
2.7k
Shares
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बसेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापासहितको उपस्थितिमा उक्त बैठक बसेको हो।
पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय भएसँगै महामन्त्री गगनकुमार थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन्।
समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन्।