एलजी नेपालको विश्वकै नम्बर एक ओएलईडी टिभीमा विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
763
Shares
काठमाडौँ। नेपाल प्रीमिएर लिग -सिजन २ फेस्टिभल अफ हिमालयाज को उत्साह मनाउन एलजी नेपालले आफ्नो प्रिमियम एलजी ओलेड टिभीमा विशेष मूल्य छुट अफर ल्याएको छ। यो सीमित समयको अफर नेपालभर उपलब्ध छ।
देशभर क्रिकेटप्रेमीहरू एक ठाउँमा जोडिँदै गर्दा एलजी नेपालले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँच योग्य बनाउँदै घरमै स्टेडियम–जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ। उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रङ्ग र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टिभी ले हरेक एनपीएल क्षणलाई वास्तविक जस्तै बनाउने कम्पनीले जनाएको छ।
फेस्टिभल अफ हिमालयाज—अब घरमै प्रिमियम दृश्य–अनुभूति
एलजी ओलेड टिभीले उत्कृष्ट ‘इमर्सिभ इक्स्पीरीअन्स’ लाई झनै सशक्त बनाएको छ। जहाँ हरेक बाउन्ड्री, हरेक क्याच र एनपीएलका हरेक रोमाञ्चक पल स्क्रिनभन्दा ठूलो जीवन्त अनुभव जस्तै महसुस हुन्छ।
एलजी ओलेडलाई विश्वकै उत्कृष्ट बनाउने अत्याधुनिक प्रविधिहरू:
अल्फा९ ४के एआई प्रोसेसर जेन ८
डल्बी भिजन वा डल्बी एटमम्स
एनभीडिया जी-सिन्क र एएमडी फ्रीसिन्क
वेबओएस स्मार्ट प्लेटफर्म
यी शक्तिशाली प्रविधिहरूले क्रिकेटलाई झनै यथार्थ, र स्मूथ बनाउँदै एनपीएल हेर्न सबैभन्दा उपयुक्त टिभी बनाउँछ।
विशेष मूल्य–छूट — सीमित अवधि, अपग्रेडको उत्कृष्ट अवसर
क्रिकेट सिजनलाई विशेष बनाउँदै, एलजीले ओलेड टिभी विशेष मूल्य–कटौती गरेको छ। यस अफरले प्रिमियम ओएलईडी प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो ‘भ्यू इक्स्पीरीअन्स’ अपग्रेड गर्न अधिक सहज बनाउनेछ।
एलजी नेपालका मार्केटिङ म्यानेजर मुकेश कुमार बैठाले भने, "नेपाल प्रीमिएर लिग केवल क्रिकेट मात्र होइन—यो नेपाली भावना र गौरवबाट प्रेरित एउटा उत्सव हो। विश्वकै नम्बर एक ओलेड टिभीमा गरिएको यो विशेष मूल्य छुट मार्फत हामी चाहन्छौँ कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर सबैभन्दा उत्कृष्ट दृश्य र ध्वनि प्रविधि सहित खेल हेर्न सकुन्।”
अफर देशभर उपलब्ध
यो सीमित समयको मूल्य–छूट नेपालभरका सबै आधिकारिक एलजी ब्राण्डसप, , तथा आधिकारिक इलेकट्रोनिक्स रिटेलरहरूमा उपलब्ध छ।
एलजी नेपाल बारेमा
करिब ४० वर्षदेखि नेपाली घर–परिवारको भरपर्दो साथी, एलजी नेपाल ले नवप्रवर्तनशील, भरपर्दो र प्रयोग–मैत्री प्रविधि प्रदान गर्दै आएको छ। घरायसी उपकरणदेखि अत्याधुनिक उपभोक्ता इलेकट्रोनिक्ससम्म, एलजी ‘लाइभ गुड’ भन्ने विश्वाससहित नेपाली उपभोक्ताको दैनिकीलाई अझ स्मार्ट, सहज र रमणीय बनाउँदै आएको छ।
चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।