arrow

थासाङमा भालुको जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
bear-.jpg

मुस्ताङ । मुस्ताङ थासाङ गाउँपालिका वडा नं ५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोमको अधीनमा रहेको उक्त स्थानमा भालुको जोखिम बढेसँगै स्थानीयवासी त्रसित भएका छन् ।

थासाङको कुञ्जो-ताक्लुङ लगायतका जङ्गलमा घाँस दाउरा गर्न, च्याउ टिप्न र पशुचौपाया चराउन गएका स्थानीयवासी भालुको आक्रमणमा पर्ने गरेका छन् ।

भालुको आक्रमणका कारण निर्धक्क रुपमा जङ्गल जान सक्ने अवस्था नरहेको स्थानीयवासी बताउँछन् ।

यसअघि भालुको आक्रमणमा परी स्थानाीय घाइते भएका थिए । 

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले भालुको आक्रमण परी घाइते भएका व्यक्तिलाई वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को दफा ४ को उपदफा  ‘ख’ र ‘ग’ मा भएको व्यवस्थाबमोजिम क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए। भालुले बालीनालीसमेत सखाप गर्ने गरेको स्थानीयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ