नेपालमा अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर [भिडियो]
संवैधानिक राजसंस्था जरुरी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
808
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन्।
मङ्गलबार काठमाडौँमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले राप्रपा सक्रिय राजतन्त्रसँग सहमत नरहेको र देशमा संवैधानिक राजसंस्था को आवश्यकता रहेकोमा जोड दिए।
महामन्त्री राणाले संवैधानिक राजसंस्थाको विषयमा आफूहरूले राजासँग समेत कुराकानी गरेर स्पष्ट पारिसकेको जानकारी दिए।
उनले भने, “धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन्। त्यो कुरासित हामी सहमत छैनौँ। अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। नेपालीका छोराछोरीले देश चलाउने हो। अभिभावकको भूमिका राजसंस्थाले गर्नुपर्छ। यो विषयमा हामी स्पष्ट हुनुपर्छ।”
उनले राप्रपाको यो सभा सनातन हिन्दु अधिराज्य कायम गर्ने र यो चेतना जगाउने उद्देश्यले गरिएको समेत स्पष्ट पारे। उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने धारणा पनि व्यक्त गरे।